काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभामा ५ सिट जित दर्ता गराएको छ । यस्तै सो पार्टीको अझै २ क्षेत्रमा अग्रता कायमै छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट ४० हजार ६६२ मतका साथ जित दर्ता गराए भने उपाध्यक्ष ध्रुवबहादुर प्रधानले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम २) बाट विजय हासिल गरे । उनले ३४ हजार ७६४ मत पाएर विजयी भएका हुन् ।
यस्तै महामन्त्री धवलशमशेर राणा बाँके २ बाट विजयी हुँदा उनले २९ हजार ५७७ मत प्राप्त गरे । यस्तै कार्यसम्पादन समिति सदस्य दीपक बहादुर सिंह मकवानपुर १ बाट विजयी हुँदा प्रवक्ता ज्ञानेन्द्र (ज्ञानबहादुर) शाही जुम्लाबाट विजयी भए । सिंह र शाहीले क्रमशः २७८१६ र २२८१९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
अझै राप्रपाका वरिष्ठ नेता दीपक बोहोराले रुपन्देही ३ र उपाध्यक्ष विक्रम पाण्डेले चितवन ३ बाट अग्रता बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ मंसिर २०७९, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त