काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभामा ५ सिट जित दर्ता गराएको छ । यस्तै सो पार्टीको अझै २ क्षेत्रमा अग्रता कायमै छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट ४० हजार ६६२ मतका साथ जित दर्ता गराए भने उपाध्यक्ष ध्रुवबहादुर प्रधानले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम २) बाट विजय हासिल गरे । उनले ३४ हजार ७६४ मत पाएर विजयी भएका हुन् ।
यस्तै महामन्त्री धवलशमशेर राणा बाँके २ बाट विजयी हुँदा उनले २९ हजार ५७७ मत प्राप्त गरे । यस्तै कार्यसम्पादन समिति सदस्य दीपक बहादुर सिंह मकवानपुर १ बाट विजयी हुँदा प्रवक्ता ज्ञानेन्द्र (ज्ञानबहादुर) शाही जुम्लाबाट विजयी भए । सिंह र शाहीले क्रमशः २७८१६ र २२८१९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
अझै राप्रपाका वरिष्ठ नेता दीपक बोहोराले रुपन्देही ३ र उपाध्यक्ष विक्रम पाण्डेले चितवन ३ बाट अग्रता बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ मंसिर २०७९, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग