मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत विजयी

सफल खबर संवाददाता

बुधबार, ०७ मंसिर २०७९, ०७ : ५३
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत विजयी

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गदी विजयी भएका छन्। उनी पर्सा क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।

गदी ७ हजार ५४५ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामनारायण कुर्मीले ६२१२ मत ल्याए। गदी आफ्ना निकटतम प्रतिस्पर्धी कुर्मीसँग १ हजार ३३३ मतान्तरका साथ विजयी भए।

उनी यसअघि ०७४ को चुनावमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस