कतार विश्वकप : अष्ट्रेलियालाई हराउँदै फ्रान्सको विजयी सुरुआत

एजेन्सी

बुधबार, ०७ मंसिर २०७९, ०७ : ५०
कतार विश्वकप : अष्ट्रेलियालाई हराउँदै फ्रान्सको विजयी सुरुआत

काठमाडौं । साविक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । दोहास्थित अल जानुब स्टेडियममा मंगलबार राति भएको खेलमा अष्ट्रेलियामाथि ४-१ गोलको जित निकाल्दै फ्रान्सले सुखद सुरुआत गरेको हो ।

फ्रान्सको जितमा ओलिभर जेरुडले दुई गोल गरे । एड्रिन राबिओट र केलियन एमबाप्पेले एक एक गोल गरे । अष्ट्रेलियाका क्रेग गुडविनले एक गोल गरे । अष्ट्रेलियाविरुद्ध फ्रान्सले एक गोलको अग्रता उल्टाएर सहज जित निकालेको हो । 

खेलको नवौं मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २७ औं मिनेटमा एड्रिनले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ३२ औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए ।

६८ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३-१ को अग्रता दिलाए । त्यसपछि खेलको ७१ औं मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ४-१ को सहज जित निकालेको हो ।

प्रतिक्रिया दिनुहोस