जनकपुर । धनुषाको बटेश्वरमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटपिट भएको छ।
बटेश्वर गाउँपालिका-१ चित्रपुरस्थित लक्ष्मी मावि मतदान केन्द्रमा वृद्ध असक्तहरूको परिवार बाहेकका एउटै व्यक्तिले दुई-तीन जनाको सहयोगी भई मतदान गर्न थालेपछि विवाद भएको हो।
एमाले नेता उमेश महतोले एकीकृत समाजवादीका धनुषा जिल्ला सदस्य राम उदगार महतोलाई एमालेका एक कार्यकर्ताले धकेलेपछि विवाद भएको जानकारी दिए।
विवादलगतै क्षेत्र नं. ४ ‘ख’ का उम्मेदवारसमेत रहेका नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोलगायतका नेताहरू मतदान केन्द्र पुगेर विवाद समाधान गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ मंसिर २०७९, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा आगो लाग्यो
धनुषामा विष सेवन घटना : ३ सन्तानपछि आमाको पनि मृत्यु
धनुषा र अछाममा एमाले जिल्ला अधिवेशन बाँकी
प्रहरीमाथि नै आक्रमण प्रयासपछि हवाई फायर
धनुषामा चोक नामकरण विवाद- प्रहरीले गोली चलायो, तीनजना घाइते
सहकारीका कर्मचारीबाट लुटियो ८० लाख