कांग्रेस र एमालेको मत मलाई आउँछ : दिनेश कोइराला

सफल खबर संवाददाता

विहीबार, ०१ मंसिर २०७९, २० : ०१
कांग्रेस र एमालेको मत मलाई आउँछ : दिनेश कोइराला

चितवन । चितवनको निर्वाचन क्षेत्र नं. ३ छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गोरखा पुगेपछि यहाँको चुनावी प्रतिस्पर्धा त्रिपक्षिय हुने देखिएको छ । 

एमालेको सर्मथनमा उम्मेदवार बनेका दिनेश कोइराला, राप्रपाका विक्रम पाण्डे र सत्ता गठवन्धनका डा. भोजराज अधिकारीका बीचमा चुनावी प्रतिस्पर्धा हुँदैछ । 

डा. अधिकारीलाई कांग्रेसको संस्थापन पक्षको सर्मथन छ । कांग्रेसबाट नै चितवन ३ मा बागी उम्मेदवार बनेका छन् पूर्व सांसद जगन्नाथ पौडेल । यसैले कांग्रेसको मत कता कता जान्छ यसै भन्न सक्ने अवस्था छैन । तर, एमालेको सर्मथनमा उम्मेदवार बनेका दिनेश कोइराला कांग्रेसको मत आफूलाई आउने बताउँछन् । चार चार जना केन्द्रीय सदस्य भएको चितवन ३ मा गठवन्धनले माओवादीलाई क्षेत्र छाडेपछि दिनेश कोइरालाले विद्रोह गरेका हुन् ।
लोकप्रिय छवि बनाएका दिनेश कोइराला विद्यार्थी राजनीतिवाट आएका हुन् । नेपाल जेसिज सन् २००८ को राष्ट्रिय अध्यक्षसमेत बनेका कोइरालाको भूमिका समन्वयकारी छ ।

प्रतिक्रिया दिनुहोस