काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को चुनावसम्मा नेकपा एमाले पार्टीको रुपमा नै नरहने दावी गरेका छन् । एक सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचनमा नेकपा एमाले तेस्रो पार्टी हुने र अर्को निर्वाचन सम्ममा पार्टी नै सकिने प्रक्षेपण गरेका हुन् ।
‘एमाले अहिले तेस्रो पार्टी त हुन्छ नै जस्तो लाग्छ मलाई । तर एमाले अर्को चुनावसम्म जाँदा रहँदैन भन्ने लाग्छ मलाई । त्यो पार्टी नै रहँदैन,’ अबको चुनावमा एमाले कत्रो पार्टी बन्ला भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष प्रचण्डले भने ।
त्यस्तै अध्यक्ष प्रचण्डले केपी ओलीमाथि जनताले ७० वर्ष लडेर ल्याएको व्यवस्था उल्ट्याउन खोजे आरोप लगाएका छन् । ओलीलाई प्रचण्डले जनताको अगाडी अपराध गरेँ भनेर कबोल गर्न र आत्मआलोचना गरेर राजनीतिबाट सन्यास लिन सुझाव दिएका छन् ।
‘उहाँले जनताले ७० वर्ष लडेर ल्याएको उपलब्धि उल्ट्याउने दुस्साहस गर्नुभयो । मेरो सुझाव छ,’ उनले भने, ‘जनता अगाडी अपराध कवुल गर्नुस् । आत्मआलोचना गर्नुस् । र, राजनीतिबाट सन्यास लिएर बस्नुस्।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० कार्तिक २०७९, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन क्षेत्रमा प्रचण्डको १५० घण्टा
प्रचण्डको सिस्नेमा मर्निङ वाक : सहिदका प्रतिमामा माल्यार्पण र स्थानीयको घरमा खाजा
प्रचण्ड : ‘टुरिष्ट’ होइन, ‘कर्मभूमि’ का उम्मेदवार
चुनबाङ पुगेर प्रचण्डले भने- यही बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइन्थ्यो
जनयुद्ध दिवसमा प्रचण्डको अपिल: 'राष्ट्रिय संकट समाधान गर्न सबै शक्ति एक बनौँ'
नेपाललाई युक्रेन बनाउने मिसनबाट जोगायौँ : प्रचण्ड