काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को चुनावसम्मा नेकपा एमाले पार्टीको रुपमा नै नरहने दावी गरेका छन् । एक सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचनमा नेकपा एमाले तेस्रो पार्टी हुने र अर्को निर्वाचन सम्ममा पार्टी नै सकिने प्रक्षेपण गरेका हुन् ।
‘एमाले अहिले तेस्रो पार्टी त हुन्छ नै जस्तो लाग्छ मलाई । तर एमाले अर्को चुनावसम्म जाँदा रहँदैन भन्ने लाग्छ मलाई । त्यो पार्टी नै रहँदैन,’ अबको चुनावमा एमाले कत्रो पार्टी बन्ला भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष प्रचण्डले भने ।
त्यस्तै अध्यक्ष प्रचण्डले केपी ओलीमाथि जनताले ७० वर्ष लडेर ल्याएको व्यवस्था उल्ट्याउन खोजे आरोप लगाएका छन् । ओलीलाई प्रचण्डले जनताको अगाडी अपराध गरेँ भनेर कबोल गर्न र आत्मआलोचना गरेर राजनीतिबाट सन्यास लिन सुझाव दिएका छन् ।
‘उहाँले जनताले ७० वर्ष लडेर ल्याएको उपलब्धि उल्ट्याउने दुस्साहस गर्नुभयो । मेरो सुझाव छ,’ उनले भने, ‘जनता अगाडी अपराध कवुल गर्नुस् । आत्मआलोचना गर्नुस् । र, राजनीतिबाट सन्यास लिएर बस्नुस्।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० कार्तिक २०७९, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस
क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध हुन ‘प्रचण्ड’को अपिल
प्रचण्डलाई उम्मेदवार बन्न सात ठाँउबाट अफर, कहाँबाट लड्लान् चुनाव ?