काठमाडौं । वडाध्यक्षको गाडी संकास्पद भएको भन्दै रुपन्देही प्रहरीले मध्यरातमा चेकजाँच तथा खानतलासी गरेको छ ।
रुपन्देहीको सियारी १ का वडाध्यक्ष एवं राप्रपाका नेता समेत रहेका अरुण शाहीले प्रयोग गर्ने बा १६ च २३६३ को गाडीमा शंकास्पद वस्तु भएको भन्दै वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरिक्षक मधु नेपालको नेतृत्वमा गएको टोलीले मध्यरातमै खानतलासी गरेको हो ।
चिल्हीया घरमा पार्किङ गरेर राखेको गाडी खानतलासी गर्दाकेही नभेटेपछि प्रहरी फर्केको थियो । शाहीको सवारी चेकजाँचगर्दा उनी घरमा थिएनन् । राप्रपा नेता निरन्जन थापाले प्रहरी दबाब र प्रभावमा परेर कानुनविपरीत काम गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० कार्तिक २०७९, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेबाट निर्वाचित ३५९ जना वडाध्यक्षको गोदावरीमा भेला
अबैध घर भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार
वडाध्यक्षको तयारी गर्न रिमाललाई शाहीको सुझाव
बन्दीपुरका वडाध्यक्ष कर्मचारी कुटेको आरोपमा पक्राउ
वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा
नौ महिनादेखि वडाध्यक्षविहीन वडा कार्यालयमा ताला