पोलियोविरुद्धको नियमित खोप तालिका परिवर्तन

सफल खबर संवाददाता

मंगलबार, २९ कार्तिक २०७९, २० : २५
पोलियोविरुद्धको नियमित खोप तालिका परिवर्तन

 काठमाडौँ। सरकारले पोलियोविरुद्धको खोप ‘फ्र्याक्सनल डोज इनएक्टीभेटेड पोलियो भ्याक्सिन (एफआईपीभी) को नियमित तालिका परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत कात्तिक १७ मा मन्त्रीस्तरीय निर्णय गर्दै खोप तालिका परिवर्तन गर्ने निर्णय गरेको हो ।

नयाँ तालिका अनुसार अब एक वर्ष भित्रका बालबालिकाहरुलाई १४ हप्ता र ९ महिनामा गरी २ मात्रा खोप दिईनेछ । त्यसैगरी छुट भएमा ५ वर्ष भित्रका सम्पूर्ण बालबालिकाहरुलाई ४ महिना (१६ हप्ताको फरकमा) २ मात्रा खोप दिइने बताइएको छ ।

यसअघिको तालिकाअनुसार एक वर्ष भित्रका बालबालिकाहरुलाई दिइने एचआईपीभी खोप ६ हप्ता र १४ हप्ता गरी दुई पटक दिइन्थ्यो भने छुटेका ५ वर्ष भित्रका सम्पूर्ण बालबालिकाहरुलाई ८ हप्ताको फरकमा दुई मात्रा खोप दिइन्थ्यो ।

मन्त्रालयले खोप प्रभावकारिताकालागि विश्व स्वास्थ्य संगठनले नयाँ सुझाव र राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसलाई आधार मानेर खोप तालिका परिवर्तन गरेको जनाएको छ । सरकारले २०७५ साल साउन देखि बालबालिकाहरुलाई एचआइपीभी खोप दिन थालेको हो ।

प्रतिक्रिया दिनुहोस