पर्यटक उम्मेदवारलाई काठमाडौंका जनताले जिताउनु हुँदैनः कुन्ती पोखरेल

सफल खबर संवाददाता

मंगलबार, २९ कार्तिक २०७९, १२ : ५२
पर्यटक उम्मेदवारलाई काठमाडौंका जनताले जिताउनु हुँदैनः कुन्ती पोखरेल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ती पोखरेलले पर्यटक उम्मेदवारलाई काठमाडौंका जनताले जिताउनु नहुने बताएकी छन। मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलोका क्रममा उनले यस्तो बताएकी हुन । राप्रपाबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेकी उनले पर्यटक उम्मेदवारलाई जिताउँदा विकास नभएको उदाहरण र अनुभव रहेको भन्दै यसपटक आफ्नै माटोमा हुर्किएर भूगोललाई चिनेको उम्मेदवार जिताउन आवश्यक रहेको बताइन् ।

उनले विगतमा पर्यटक उम्मेदवारका कारण काठमाडौं क्षेत्र नम्बर २ मा विकासले गति लिन नसकेको बताइन् । उनले सोही क्षेत्रको शंखरापुरका क्षेत्रमा पश्चिम रुकुम, रोल्पाको भन्दा विकट स्थिति रहेको बताउनुभयो । उहाँले निर्वाचन क्षेत्रमा आफूले जिते पहिलो काम नै विकासको हुने प्रतिवद्धता जनाइन् । उनले आफ्नो एजेण्डा राष्ट्र, राष्ट्रियता र युवा शक्ति भएकाले दिनहुँ विदेशिएका नेपाली युवाहरुलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्ने बताइन् ।

उनले कागेश्वरी क्षेत्रमा ४ लेनको बाटो भएपनि सडकमा नै ढल मिसिँदा कुनै पनि सवारी साधन नचलेकोस्थिति रहेको बताइन् । उनले आफूले जितेपछि पहिलो काम आफ्नो निर्वाचन क्षेत्रमा आएको बजेट हेर्ने र अनियमितता गरेको पाए कारबाही गर्ने पहिलो प्राथमिकता रहेको बताइन्।

नेतृ पोखरेलले काठमाडौं(२ मा बजेट नआएको पाएमा वर्षौंदेखिको बजेटको हिसाब गरेर विकासका काम अघि बढाउने बताइन् । उनले यहाँ विकासको जिम्मेवारी आफू लिन चाहेको भन्दै आसन्न निर्वाचनमा आफूलाई जिताउन मतदाताहरुसँग आग्रह समेत गरिन् ।

प्रतिक्रिया दिनुहोस