एजेन्सी । युक्रेनले रणनीतिक रुपले महत्वपूर्ण दक्षिणी शहर खेर्सनमा सफलता हाँसिल गरेको छ । स्थानीय बासिन्दाले उत्साहका साथ युक्रेनी सैनिकलाई स्वागत गरेका छन् ।
रुसको कब्जामा रहेको सो क्षेत्रमा युक्रेनी सैनिक प्रवेश गर्न सफल भएको हो । त्यहाँबाट रुसी सैनिक फिर्ता भएका छन् । स्थानीय बासिन्साहरु सडकमा निस्किएर युक्रेनी झण्डा फहराउँदै गरेको भिडियोमा देखिएको छ । उनीहरुले युक्रेनी सैनिक आउँदै गर्दा हुटिङ्ग गरेको समेत सुनिएको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भनेका छन्, ‘खेर्सन हाम्रो शहर हो।’ गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण थालेयता रुसी सैनिकले कब्जा गरेको खेर्सन एकमात्र क्षेत्री राजधानी थियो । त्यहाँ युक्रेनी सैनिकको प्रवेशलाई जारी युद्धमा रुसका लागि ठूलो धक्काका रुपमा हेरिएको छ ।
रुसले ३० हजार सैनिक खेर्सनबाट निकालिएको जनाएको छ । यस्तै पाँच हजार भन्दा सैन्य सामग्री तथा हतियार पनि निकालिएको रुसी अधिकारीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २६ कार्तिक २०७९, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युरोपेली संघद्वारा रुसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह