काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले छिटो नतिजा सार्वजनिक गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई ज्ञापनपत्र बुझाएको छ ।
अनेरास्ववियु क्रान्तीकारीले नौ बुँदे ज्ञापनपत्रमा स्नातक तह प्रथम वर्षको १६ महिना अगाडी लिईएको परीक्षाको नतिजा सार्वजनिक नहुनुको कारण सहित सात दिनभित्र प्रकाशित गर्नुपर्ने, स्नातक तेस्रो वर्ष र स्नातकोत्तर प्रथम सेमेष्टरको परीक्षा प्रकाशन गर्नुपर्ने, बीए एलएलबीको नतिजा भएको तीन महिना बितिसक्दा पनि ट्रान्सक्रिप्ट उपलब्ध नभएकोले तत्काल उपलब्ध गराउनुपर्ने लगायतको माग राखेका छन् ।
त्यस्तैगरी परीक्षा प्रणाली एकदमै पुरानो र प्रविधिमैत्री नभएकोले तत्काल परीक्षा प्रणालीको विकास गर्न विज्ञ सहितको कार्यदल बनाई अगाडी बढ्नुपर्ने केन्द्रिकृत संरचनाले विद्यार्थीलाई सेवा सुविधा लिन झन्झटिलो भएको हुँदा सम्बन्धित क्याम्पसमै ट्रान्क्रिप्टको व्यवस्था गर्नुपर्ने, परीक्षा फाराम र ट्रान्सक्रिप्ट ट्रान्सफर जस्ता सेवाहरु अनलाईनबाट आवेदन गर्ने व्यवस्था मिलाउनुपर्ने लगायतको माग राखेका छन् ।
एक हप्ताभित्रमा माग पुरा गर्न नसके विश्वविद्यालय र पनिकाका सम्पूर्ण पदाधिकारी असक्षम भएको घोषणा गरी सशक्त आन्दोलनमा जाने विज्ञप्तिमा चेतावनी दिइएको छ । ज्ञापनपत्र बुझ्दै परीक्षा नियन्त्रक जोशीले विद्यार्थीको माग अनुसार नतिजा प्रकाशित गर्ने प्रतिवद्धता जनाएको अनेरास्ववियुका संयोजक पवन कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ कार्तिक २०७९, १९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
त्रिविद्वारा अतिक्रमित सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न निर्देशन, अटेरी गरे कानुनी कारवाही अघि बढाउने चेतावनी
यी हुन् त्रिविको दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थी (सूचीसहित)
यस्तो छ त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन (पूर्णपाठ)
उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय
त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तर पुस्तिका जले