प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

सफल खबर संवाददाता

बुधबार, २३ कार्तिक २०७९, १२ : ०९
प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौँ । आज बुधबार प्रि-ओपन सेसनमा नेप्से सूचक १.३९ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक १९५७.७६ विन्दुमा आइपुगेको छ ।

याे समाचार तयार पार्दासम्म सात लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको ३५४ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल १५ वटा कारोबार भएको छ । आठवटा कम्पनीको भाउ बढेको छ भने दुईवटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस