मस्कोलाई हतियार बेच्ने योजना छैन : उत्तर कोरिया

एजेन्सी

बुधबार, २३ कार्तिक २०७९, ०८ : २८
मस्कोलाई हतियार बेच्ने योजना छैन : उत्तर कोरिया

एजेन्सी । उत्तर कोरियाले युक्रेनमा युद्धका लागि रुसलाई गोप्य रूपमा हतियार पठाएको अमेरिकी दाबीलाई खारेज गर्दै मस्कोलाई कहिल्यै हतियार नबेचेको र बेच्ने योजना पनि नभएको बताएको छ ।

गत साता ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले कोरियाले रुसलाई महत्वपूर्ण संख्यामा हतियार उपलब्ध गराएको दाबी गरेका थिए । उत्तर कोरियाले मध्यपूर्व र उत्तर अफ्रिकी देशमार्फत ढुवानीलाई गर्न खोजेको र वाशिंगटनले ढुवानी प्राप्त भएको छ कि छैन भनेर निगरानी गरिरहेको बताएका थिए । 

अमेरिकाले उत्तर कोरियाले मस्कोमा हतियार पठाउन खोजेको बताइरहेका बेला आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सी केसीएनएले त्यसको खण्डन गरेको हो । 

प्रतिक्रिया दिनुहोस