एजेन्सी । उत्तर कोरियाले मध्यपूर्व वा अफ्रिकामा ढुवानीको आवरणमा रसियालाई “महत्वपूर्ण“ तोपगोला बारूद पठाउँदै गरेको संयुक्त राज्य अमेरिकाले दाबी गरेको छ ।
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले अमेरिकी अधिकारीहरूलाई रुसले गोलाबारुद प्राप्त गरेको छ कि छैन भन्ने थाहा नभएको तर ढुवानीको अनुगमन गर्ने प्रयास गरिरहेको बताए।
उत्तर र दक्षिण कोरियाले एक अर्कालाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार गरिरहेका बेला अमेरिकाको उक्त भनाइ आएको हो । अमेरिकी दाबीबारे उत्तर कोरिया र रुसले कुनै टिप्पणी गरेका छैनन् ।
बुधबार उत्तर र दक्षिण कोरियाले एक अर्कातर्फ श्रृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेका थिए । दुबै देशले प्रहार गरेका क्षेप्यास्त्र एक अर्काको तटस्थित पानीमा खसेका थिए । उत्तर कोरियाले एकै दिन कम्तीमा २३ वटा मिसाइल प्रहार गरेको थियो । प्योङयाङले प्रहार गरेको क्षेप्यास्त्रमध्ये एउटा दक्षिण कोरियाी सहर सोक्चोबाट ६० किलोमिटर भन्दा कम दूरीमा खसेको थियो, जसलाई दक्षिणका राष्ट्रपति युन सुक–योलले ‘क्षेत्रीय अतिक्रमण’ भनेका छन् ।
सन् १९४५ मा कोरियाली प्रायद्वीप विभाजित भएदेखि दक्षिणको पानीमा ब्यालिस्टिक मिसाइल खसेको यो पहिलो पटक हो । दक्षिण कोरिया र अमेरिकाले गरेको संयुक्त सैन्य अभ्यासको जबाफमा ती क्षेप्यास्त्र प्रहार गरिएको प्योङयाङले जनाएको छ । सो अभ्यासलाई उत्तर कोरियाले ‘आक्रामक र उत्तेजित’ बताउँदै आएको छ ।
अभ्यासको अमेरिकाले पनि बचाउ गरेको छ । मंगलबार मात्र अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले अभ्यास ‘विशुद्ध रक्षात्मक’ भएको बताएका थिए । प्योङयाङले संयुक्त सैन्य अभ्यास जारी राखे भने अमेरिका र दक्षिण कोरियाले ‘इतिहासको सबैभन्दा भयानक मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १९ कार्तिक २०७९, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको निरीक्षण
उत्तर कोरियाको चेतावनीः अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यासले ‘महँगो मूल्य’ चुकाउनु पर्छ
उत्तर कोरियाले योनप्योङ टापुतर्फ २०० राउण्ड फायर गरेपछि...
उत्तर कोरियाले सन् २०२४ मा थप तीनवटा जासुसी उपग्रह प्रक्षेपण गर्ने
उत्तर कोरिया अब विश्वलाई प्रहार गर्नसक्ने सैन्य क्षमताले सुसज्जित छ : किम
उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा जी–७ ले गर्यो निन्दा