आर्सनलले निकाल्यो जुरिचमाथि जित

एजेन्सी

शुक्रबार, १८ कार्तिक २०७९, ०८ : ३७
आर्सनलले निकाल्यो जुरिचमाथि  जित

एजेन्सी । गए राति भएको खेलमा आर्सनलले जुरिचमाथि १–० गोल अन्तरको जित दर्ता गरेको हो । घरेलु मैदानमा १७ औं मिनेटमा केरियन टेमिले गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो ।

सोही अग्रता आर्सनलले अन्तिमसम्म जोगाउँदै टिमलाई क्वाटरफाइन्लमा पुर्‍याएको छ । आर्सनलले समूह चरणमा १५ अंक जोड्दै आफूलाई शीर्ष स्थनमा राख्न सफल भएको हो । 

यही समूहमा रहेको पीएसभी दोस्रो स्थानमा रहँदा बोडो र जुरिच क्रमश तेस्रो र चौथो स्थानमा रहे । गयराति नै भएको खेलमा पीएसभीले बोडोमाथि २–१ गोल अन्तरको जित दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस