काठमाडौं । चुनावी प्रचारप्रसारका लागि आफ्नो गृहजिल्ला डडेलधुरा पुगेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् । बिहीबार नै धनगढी हुँदै डडेलधुरा पुगेका देउवा सोही क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार हुन् ।
बिहीबार अमरगढीमा चुनावी सभालाई सम्बोधन गरेका देउवाले आज साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी र दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले छ ।
देउवाले कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्नेछन् ।देउवाले कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
उनी कात्तिक २० गते काठमाडौँ फर्केर त्यसपछि सातै प्रदेशमा हुने आमसभाका लागि देउवा पुग्ने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ कार्तिक २०७९, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्येष्ठ नागरिकको पहुँच पुर्याउन स्वास्थ्य प्रणाली सुधार गरिरहेका छौं : प्रधानमन्त्री देउवा
डा. बाबुराम भट्टराई र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
पार्टीलाई बाधा मुक्त राख्ने काममा लाग्छुः प्रधानमन्त्री देउवा
अधिकांश नगरपालिकामा अव्यवस्थित शहरीकरण बढ्याे: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री देउवाद्वारा राजस्व भुक्तानी प्रणालीको शुभारम्भ
प्रधानमन्त्री देउवालाई निर्वाचन प्रतिवेदन हस्तान्तरण