नेपालको भुटानमाथि ७ गोलको जित

सफल खबर संवाददाता

विहीबार, १७ कार्तिक २०७९, १९ : ३६
नेपालको भुटानमाथि ७ गोलको जित

काठमाडौँ । नेपालले यू–१५ वुमेन्स साफ च्याम्पियनसिपमा बिहीबार भुटानमाथि ७–० को सानदार जित निकालेको छ । बंगलादेशको ढाकामा भएको खेलमा नेपाल पहिलो हाफमा ४ गोलले अगाडि रहेको थियो । नेपालका लागि वर्षा ओलीले ४ गोल गरिन् ।

यस्तै सुक्रिया मियाँले २ तथा सेनु परियारले १ गोल गरे । खेलको अन्त्यमा भुटान १० खेलाडीमा सीमित रहेको थियो । यो जितसँगै नेपालले ३ अंक बटुलेको छ र ३ टिम सम्मिलित प्रतियोगिताको दोस्रो स्थानमा रहेको छ । लगातार दोस्रो हारले भुटान शून्य अंकमा छ ।

शीर्षमा बंगलादेशको पनि ३ अंक छ । बंगलादेशले यसअघि भुटानलाई ८–० ले हराएको थियो । डबल रोउन्ड रोबिनको आधारमा भइरहेको प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले उपाधि जित्नेछ ।

प्रतिक्रिया दिनुहोस