दक्षिण अफ्रीकामाथि पाकिस्तानको जित

सफल खबर संवाददाता

विहीबार, १७ कार्तिक २०७९, १८ : २८
दक्षिण अफ्रीकामाथि पाकिस्तानको जित

काठमाडौं । पाकिस्तानले आइसिसी टि २० विश्वकपमा दक्षिण अफ्रिकामाथि सानदार जित हात पारेको छ ।अष्ट्रेलियाको सिड्नीमा बिहीबार वर्षले प्रभावित खेलमा पाकिस्तान दक्षिण अफ्रीकालाई डीएल पद्दतिको आधारमा ३३ रनले हराएको हो ।

जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित १४ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन बनायो । दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमाले १९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३६ रन बनाए ।

यस्तै एडिन मार्क्रमले २०,ट्रिस्टान स्टुब्सले १८ र हेईनरिच क्लासेनले १५ रन बनाए ।पाकिस्तानका शहिन शाह अफ्रिदीले ३ तथा सादब खानले २ विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रन बनायो । पाकिस्तानका शादब खानले २२ बलमा ३ चौका र ४ छक्कासहित ५२ रनको विष्फोटक इनिङ खेले । शादबले २० बलमा अर्धशतक प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस