काठमाडौं । सौर्य सिमेन्टले देशव्यापी रूपमा ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर’ लिएर आएको छ। कात्तिक १५ देखि पौष ३० सम्म लागू हुने यस योजना अन्तर्गत उपभोक्ताहरुले हरेक ५० बोराको खरिदमा १ प्रति कुपन प्राप्त गरी हातखाली नजाने रु ५०० देखि रु १०,००० सम्मको कुपन स्क्र्याच गरी नगद प्राप्त गर्न सक्ने छन् ।
त्यसैगरी, ५० बोरा भन्दा बढीको खरिदमा, एक भन्दा बढी कुपन प्राप्त गर्दा, शून्य अङ्क उल्लेखित कुपन परेको खण्डमा आफ्नो अर्को कुपनमा भएको रकम पछाडि शून्य थप गरी रु १ लाख सम्म नगद प्राप्त गर्न सक्ने छन् ।
उदाहरणका लागि : १०,०००.०. १,००,००० यद्यपि सयौं संख्यामा (०) को कुपन भएपनि प्रत्येक कुपनमा एकपटक मात्र शून्य (०) लाई पछाडि लगेर जोड्न मिल्नेछ । साथै उक्त रकममा शून्य (०) थप गरिएको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निर्माण स्थल मै रकम प्रदान गरिनेछ । सौर्य सिमेन्ट इण्डष्ट्रिजको सिराहा जिल्लाको मिर्चैयामा अवस्थित छ र ४३ ग्रेड ओपीसी ५३ ग्रेड ओपीसी, पीएससी र ५३ ग्रेड पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ। अन्तर्राष्ट्रिय स्तरको प्रोडक्सन प्लान्ट भएको र्सार्य सिमेन्टले गुणस्तरमा एकरुपता कायम गरी THE BEST सिमेन्ट उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ कार्तिक २०७९, १५ : १३
लेखकबाट थप