काठमाडाैँ । ललितपुरमा एटिएम मेशिन ताेडफाेड गर्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा नुवाकोट स्थायी घर भई हाल ललितपुर महानगर- १७ ग्वार्को बस्ने ३१ वर्षीय का वसन्त तिवारी, साेही स्थानकै हाल काठमाडाैँकाे सुन्धारामा बस्ने २४ वर्षीय विजय तिवारी र सुनसरी घर भई सुन्धारा बस्ने ३५ वर्षीय अनिल राई रहेका छन्।
तीनैजनाले कात्तिक ४ गते राति साढे १२ बजेतिर ललितपुरकाे कुमारीपाटीस्थित रहेको एनएमबी बैंककाे एटिएममा ताेडफाेड गरेका थिए।बैंककाे सिसिटिभी फुटेजकाे माध्यमबाट उनीहरूलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ कार्तिक २०७९, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ