एजेन्सी । इरानमा करिब १ हजार जनालाई सरकारविरोधी प्रदर्शनका सम्बन्धमा अभियोग लगाइएको छ । केही सातादेखि भएको सरकारविरोधी प्रदर्शनले इरानको जनजीवन प्रभावित भएको छ । सुरक्षा गार्डको हत्या र आगजनी सहित “तोडफोडका कार्यहरू“को आरोपमा उनीहरुमाथि मुद्दा चलाइएको थियो ।
सरकारी अधिकारीहरूले राष्ट्रव्यापी रूपमा कति जनालाई गिरफ्तार गरेका छन् भन्ने खुलाएका छैनन्, तर अधिकारकर्मीहरूले कुल १४ हजार जनालाई पक्राउ गरिएको दाबी गरेका छन् ।
सुरक्षाकर्मीले हत्या गरेका दुई किशोर प्रदर्शनकारीलाई उत्तरपूर्वी इरानमा गाडिएपछि अधिकारकर्मीहरुको यस्तो घोषणा आएको हो । कुर्दिश मानवअधिकार समूह हेंगाका अनुसार १६ वर्षीय कुमार दारोफ्तेहलाई पिरानशहर सहरमा भएको प्रदर्शनमा नजिकैबाट गोली प्रहार गरिएको थियो र आइतवार राति अस्पतालमा उनको मृत्यु भएको थियो ।
सोमबार उनको अन्त्येष्टिमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । दक्षिणमा सनन्दज सहरमा अर्को भीड १६ वर्षीय सरिना साईदीको अन्तेष्टिमा भेला भएको थियो । उनको पनि सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको प्रदर्शनकारीले बताएका छन् । तर, सरिनाका बुबाले सुरक्षा बललाई जोगाउन उनको मृत्यु आत्महत्याका कारण भएको भन्न बाध्य पारेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १५ कार्तिक २०७९, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए
इजरायली आक्रमणमा परि इरानमा हालसम्म ६०६ जनाको मृत्यु