दक्षिण अफ्रिकासँग भारत हारेपछि पाकिस्तानको सेमिफाइनल यात्रा टुंगिएको हो ?

सफल खबर संवाददाता

सोमबार, १४ कार्तिक २०७९, १२ : ३७
दक्षिण अफ्रिकासँग भारत हारेपछि पाकिस्तानको सेमिफाइनल यात्रा टुंगिएको हो ?

एजेन्सी । अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको खेलमा भारतीय क्रिकेट टोली आइतबार दक्षिण अफ्रिकासँग पराजित भएको छ । यो विश्वकपमा भारतको पहिलो हार हो ।

भारतले आफ्नो पहिलो खेलमा पाकिस्तान र दोस्रो खेल नेदरल्याण्डलाई जितेको थियो ।दक्षिण अफ्रिकासँगको पराजयका बाबजुद पनि भारतीय क्रिकेट टोली सेमिफाइनलको दौडमा रहेको छ । भारतले बंगलादेश र जिम्बावेसँग खेल खेल्न बाँकी छ । तर, भारत र दक्षिण अफ्रिकाबीचको खेल पाकिस्तानका लागि निकै महत्वपूर्ण मानिएको थियो ।

समूह समीकरणमा दक्षिण अफ्रिकामाथि भारतको जितले पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना बलियो हुने थियो ।भारतको विपरीत पाकिस्तानले आफ्नो सुरुवाती दुवै खेल हारेको छ । यद्यपी, तेस्रो खेलमा उसले नेदरल्याण्डलाई हराएको छ।

दक्षिण अफ्रिकासँग भारतको हारपछि पाकिस्तानका क्रिकेटप्रेमीहरु निकै आक्रोशित भएका छन् । सामाजिक सञ्जालमा मेम्सको बाढी आएको छ ।

एकातिर मानिसहरू भारतको हारको आनन्द लिइरहेका छन्, अर्कोतिर पाकिस्तानका धेरै क्रिकेटप्रेमीहरूले यो खेल भारतले जानाजानी हारेको महसुस गरेका छन्।

के होला पाकिस्तान ?

पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो । तर, खेल निकै रोमाञ्चक रह्यो र अन्तिम बलमा निर्णय लिइयो ।जिम्बावेसँगको खेलमा पनि पाकिस्तान अन्तिम बलमा पराजित भएको थियो । यो खेलमा पाकिस्तान मात्र एक रनले पराजित भएको थियो ।

पाकिस्तानलाई दिएको यी दुवै हार उसलाई भारी हुनसक्छ । पाकिस्तानले नेदरल्यान्ड्सलाई ठूलो अन्तरले हराए पनि सेमिफाइनलको दौडबाट भने बाहिरिएको छैन ।

तर, यसका लागि पाकिस्तानले आफ्ना बाँकी खेल जित्ने मात्रै नभई अन्य टोलीको प्रदर्शनमा पनि नजर राख्नुपर्नेछ ।अहिले पाकिस्तानको टोली समूहमा दुई अंकसहित पाँचौं स्थानमा छ । यो समूहमा दक्षिण अफ्रिका शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ ।

बंगलादेश पनि चार अंकसहित तेस्रो स्थानमा छ । जबकि जिम्बाब्वे तीन अंकका साथ चौथो स्थानमा छ । पाकिस्तानले अझै दुई खेल खेल्न बाँकी छ । यीमध्ये एउटा खेल दक्षिण अफ्रिकासँगको हो ।

दक्षिण अफ्रिका अहिले उत्कृष्ट फर्ममा छ र अष्ट्रेलियाको पिच पनि उनीहरुका लागि सहयोगी सावित भइरहेको छ । त्यसैले दक्षिण अफ्रिकाको जित र भारतको पराजयले पाकिस्तानका क्रिकेटप्रेमीहरूलाई सताएको छ ।

प्रतिक्रिया दिनुहोस