टी–ट्वान्टी विश्वकप : अष्ट्रेलिया न्युजिल्याण्डसँग पराजित

सफल खबर संवाददाता

शनिबार, ०५ कार्तिक २०७९, २० : १६
टी–ट्वान्टी विश्वकप : अष्ट्रेलिया न्युजिल्याण्डसँग पराजित

एजेन्सी । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी विश्वकप प्रतियोगितामा घरेलु टोली अष्ट्रेलियाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । आयोजक तथा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया न्युजिल्याण्डसँग ८९ रनले पराजित भएको हो ।

सिड्नी क्रिकेट मैदानमा २ सय १ को लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७ दशमलब १ ओभरमा अलआउट हुदै १ सय ११ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियालाई कम रनमा समेट्न न्युजिल्याण्डका मिचेल स्यान्टेनरले ४ ओभरमा ३१ रन खर्चिएर ३ विकेट लिए।

टिम साउथीले २ दशमलव १ ओभरमा ६ रन दिएर ३ विकेट लिए । ट्रेन्ट बोल्डले ४ ओभरमा २४ रन दिएर २ विकेट लिए । लक्कि फगुर्सन र ईश सोधीले समान १–१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय रन बनाएको थियो । अष्ट्रेलियाका लागि जोस हेजलउडले ४ ओभरमा ४१ रन खर्चिएर २ विकेट लिएका थिए । एडम जाम्पाले ४ ओभरमा ३९ रन दिएर १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस