प्रिमियर लिग : नोटिंघमसँग लिभरपुल पराजित

सफल खबर संवाददाता

शनिबार, ०५ कार्तिक २०७९, १९ : ४३
प्रिमियर लिग : नोटिंघमसँग लिभरपुल पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिभरपुल पराजित भएको छ । ऊ घरेलु टोली नोटिंघम फरेस्टसँग १–०ले पराजित भएको हो ।

सिटी ग्राउन्डमा फरेस्टलाई जित दिलाउन खेलको ५५औं मिनेटमा टाइव अवनियीले निर्णायक गोल गरेका थिए ।

यो जितसँगै १२ खेलमा ९ अंक जोडेको फरेस्ट १९औं स्थानमा रहँदा पराजित लिभरपुल ११ खेलबाट १६ अंकका साथ सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस