एजेन्सी । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन्। प्रधानमन्त्री बनेको ४५ दिनमै बिहीबार प्रधानमन्त्री ट्रसले पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ।
आफू जुन म्यान्डेटका साथ प्रधानमन्त्री बनेको हो त्यो पूरा गर्न नसक्ने भएपछि आफूले राजीनामा दिएको प्रधानमन्त्री ट्रसले बताएकी छन्। बिहीबार पत्रकारहरुसँग बोल्दै उनले यस्तो बताएकी हुन्।
उनले भनिन्,’मलाई लाग्छ कि, जुन अवस्थामा कन्जर्भेटिभ पार्टीले, जुन म्यान्डेटका साथ मलाई प्रधानमन्त्रीमा चुनेको थियो, त्यसलाई म पूरा गर्न सक्दिनँ।’
आफूले कन्जर्भेटिभ पार्टीको प्रमुखबाट पनि राजीनामा दिने उनले बताएकी छन्। यसबारेमा राजा चार्ल्सलाई पनि जानकारी गराइसकेको उनले बताइन्। यद्यपि, उनी नयाँ प्रधानमन्त्री चयन नभएसम्मका लागि पदमा रहनेछिन्।
उनी केवल ४५ दिन प्रधानमन्त्री पदमा रहिन्। यो बेलायती प्रधानमन्त्रीको अहिलेसम्मकै सबैभन्दा छोटो कार्यकाल हो। यसअघि सन् १८२७ मा जर्ज केनिङ ११९ दिन प्रधानमन्त्री भएका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०३ कार्तिक २०७९, १९ : १०
लेखकबाट थप