एजेन्सी । युक्रेनमा रुसी सेनाका नयाँ कमाण्डरले मस्कोले केही हप्ताअघि मात्रै कब्जा गरेको दाबी गरेको दक्षिणी र पूर्वी क्षेत्रहरू पुनः प्राप्त गर्न युक्रेनी आक्रमणबाट दबाब सामना गर्नु परेको स्वीकार गरेका छन् ।
युक्रेन आक्रमणको आठ महिनापछि रुसी सेनाका कमाण्डरले यस्तो स्वीकार गरेका हुन् । क्रेमलिनद्वारा स्थापित रणनीतिक दक्षिणी क्षेत्र खेरसनका प्रमुखले मंगलबार डिनिप्रो नदीका चार शहरहरूबाट नागरिकहरूको ‘संगठित, क्रमिक विस्थापन’, घोषणा गरे ।
खेरसनमा रुसी सेनाहरू पछिल्ला केही हप्ताहरूमा २० देखि ३० किलोमिटर पछाडि धकेलिएका छन् । पछिल्ला समयमा सेन्य अपरेसनको स्थिति तनावपूर्ण भएको रुसले जनाएको छ । ‘विशेष सैन्य अपरेसन’को क्षेत्रको स्थिति तनावपूर्ण रूपमा वर्णन गर्न सकिन्छ’, रूसी वायुसेना जनरल सर्गेई सुरोविकिनले भने । युक्रेन र रुस दुवैले नागरिकलाई निशाना बनाएको अस्वीकार गर्दै आएका छन्, यद्यपि किभले मस्कोका सेनामाथि युद्ध अपराध गरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०२ कार्तिक २०७९, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युरोपेली संघद्वारा रुसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह