एजेन्सी । युक्रेनमा रुसी सेनाका नयाँ कमाण्डरले मस्कोले केही हप्ताअघि मात्रै कब्जा गरेको दाबी गरेको दक्षिणी र पूर्वी क्षेत्रहरू पुनः प्राप्त गर्न युक्रेनी आक्रमणबाट दबाब सामना गर्नु परेको स्वीकार गरेका छन् ।
युक्रेन आक्रमणको आठ महिनापछि रुसी सेनाका कमाण्डरले यस्तो स्वीकार गरेका हुन् । क्रेमलिनद्वारा स्थापित रणनीतिक दक्षिणी क्षेत्र खेरसनका प्रमुखले मंगलबार डिनिप्रो नदीका चार शहरहरूबाट नागरिकहरूको ‘संगठित, क्रमिक विस्थापन’, घोषणा गरे ।
खेरसनमा रुसी सेनाहरू पछिल्ला केही हप्ताहरूमा २० देखि ३० किलोमिटर पछाडि धकेलिएका छन् । पछिल्ला समयमा सेन्य अपरेसनको स्थिति तनावपूर्ण भएको रुसले जनाएको छ । ‘विशेष सैन्य अपरेसन’को क्षेत्रको स्थिति तनावपूर्ण रूपमा वर्णन गर्न सकिन्छ’, रूसी वायुसेना जनरल सर्गेई सुरोविकिनले भने । युक्रेन र रुस दुवैले नागरिकलाई निशाना बनाएको अस्वीकार गर्दै आएका छन्, यद्यपि किभले मस्कोका सेनामाथि युद्ध अपराध गरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०२ कार्तिक २०७९, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
रुसले गर्यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण
रुसको सोची तेल केन्द्रमा युक्रेनी आक्रमण
ट्रम्पलाई रुसको जवाफ- सबैखाले प्रतिबन्धको सामना गर्ने सामर्थ्य राख्छौं
तालिवान शासकलाई मान्यता दिने पहिलो देश बन्यो रुस