उत्तर कोरियाद्वारा दक्षिणतर्फ लक्षित गर्दै सयौं क्षेप्यास्त्र प्रहार

एजेन्सी

बुधबार, ०२ कार्तिक २०७९, ११ : ३८
उत्तर कोरियाद्वारा दक्षिणतर्फ लक्षित गर्दै सयौं क्षेप्यास्त्र प्रहार

काठमाडौं । उत्तर कोरियाले मंगलबार राति दक्षिण कोरियातर्फ लक्षित गर्दै सयौं क्षेप्यास्त्र प्रहार गरेको छ ।दक्षिण कोरियाले वार्षिक सैन्य अभ्यास सुरु गरेकै दिन उत्तर कोरियाले सयौं क्षेप्यास्त्र प्रहारहरु गरेको हो । दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तरले पश्चिम किनारमा १ सय तथा पूर्वी किनारमा १ सय ५० वटा प्रहार गरेको बताएका छन् ।

उत्तरले प्रहार गरेका क्षेप्यास्त्र समुद्री जल सीमा नजिकै खसे पनि दक्षिण कोरियाली जल क्षेत्रमा पनि नखसेको पनि सेना प्रमुखले बताएका हुन् । सन् २०१८ पछि उत्तरले यसरी लगातार प्रहार गरेको पहिलो घटना भएको जनाइएको छ ।

उत्तर कोरियाली सेनाका प्रवक्ताले दक्षिण कोरियाले पूर्वी किनारमा गरेको सैन्य अभ्यासका लागि गम्भीर चेतावनी स्वरुप प्रहार गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस