ओलीले दुई पटक प्रतिनिधिसभा भंग गरेर संविधान विपरित कदम चाले : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

मंगलबार, ०१ कार्तिक २०७९, १५ : ५०
ओलीले दुई पटक प्रतिनिधिसभा भंग गरेर संविधान विपरित कदम चाले : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा भंग गरेर संविधान विपरित कदम चालेको बताएका छन। आज ललितपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मध्यराति शीतल निवास पुगेर ओलीले प्रतिनिधिसभा विघटन गरेको बताए।

संविधानमा संसद भंग गर्न नपाउने भनेर लेखिएको तर,ओलीले राति २ बजे राष्ट्रपतिलाई उठाएर गलत कदम चालेको प्रधानमन्त्रीको भनाई छ । ‘ओलीजीले जनताले चुनेको संसद दुई पटक भंग गरे । हामीले संविधानमा भंग गर्न नपाउने लेखेका थियौं । उहाँले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद विघटन गर्नुभयो’, उनले भने ।

देउवाले दायाँ-बायाँ नगरी गठबन्धनका सबै उम्मेदवारलाई जिताउन पनि नेता(कार्यकर्तालाई निर्देशन दिएका छन । आफूले स्थानीय चुनावमै हँसिया हथौडामा भोट हालिसकेको भन्दै उहाँले कार्यकर्तालाई पनि अप्ठेरो नमान्न आग्रह गरे।

‘मैले स्थानीय चुनावमै हँसिया हथौडामा भोट हालिसकेको हो । आउने चुनावमा पनि हाल्छु । त्यसैले जहाँ जुन चिन्ह छ त्यसैमा भोट हाल्ने हो । यत्तिगरे भैहाल्यो ’, उनले भने।

प्रतिक्रिया दिनुहोस