एजेन्सी । एक रुसी लडाकु विमान सोमबार दक्षिणी रुसी शहर येस्कको एक आवासीय भवनमा दुर्घटनाग्रस्त भएको छ । दुघंटनामा कम्तीमा दुई जनाको मृत्यु भएको थियो ।
सैन्य समाचार च्यानल जेभेजडाले प्रकाशित गरेको एउटा भिडियोमा विमान अपार्टमेन्टमा खस्दै गर्दा विस्फोट भएको देखाइएको छ । क्षेत्रीय गभर्नर भेनियामिन कोन्ड्रात्येभले उक्त विमान सुखोई एसयू–३४ सुपरसोनिक मध्यम दूरीको लडाकु बमवर्षक भएको बताए ।
समाचार एजेन्सीहरूले आपत्कालीन अधिकारीहरूलाई उद्धृत गर्दै उक्त दुर्घटनामा कम्तीमा १५ जना घाइते भएको बताएका छन् । उनीहरुले पाइलटहरु बाहिर निस्किएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०१ कार्तिक २०७९, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी हवाईअड्डामा विमान ठोक्किँदा भीषण आगलागी
अमेरिकामा विमान खस्यो, ४ जनाको मृत्यु
यात्रुले विमानलाई बमले उडाइदिने धम्की दिएपछि.....
लन्डनमा उड्नेबित्तिकै खस्यो विमान
कतारले अमेरिकालाई दियो विमान उपहार
आकाशमै टायर पड्किएपछि विमानको आकस्मिक अवतरण