एजेन्सी। रुसी सैन्य तालिम केन्द्रमा शनिवार बन्दुकधारीले गरेको आक्रमणमा ११ जनाको मृत्यु भएको छ ।
सैन्य तालिमको क्रममा युक्रेनमा लड्न स्वयम्सेवा गरेको एउटा समूहमा दुई व्यक्तिले गोली हानेको समाचार एजेन्सी रियालाई उदृत गर्दै बीबीसीले जनाएको छ।
आक्रमणकारीहरू पूर्व सोभियत गणतन्त्रका रहेको रुसी रक्षा मन्त्रालयले बताएको छ ।
युक्रेनसँग सीमा जोडिएको रुसको बेल्गोरोड क्षेत्रमा उनीहरूको गोली हानी हत्या गरिएको थियो । घटनामा थप १५ जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ३० असोज २०७९, ०७ : ४५
लेखकबाट थप