काठमाडौं । ट्राफिक प्रहरीले नम्बर प्लेट स्पष्ट नभएका ६ सय १० वटा र नम्बर प्लेट आकाशतिर फर्काउने ४१ वटा दुईपाङ्ग्रे सवारी साधनका चालकलाई कारवाही गरेको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङको क्रममा स्पष्ट रुपमा नम्बरहरु नदेखिने, मापदण्ड अनुसार नम्बर प्लेट नराख्ने र नम्बर प्लेट आकाश तर्फ फर्काएर राख्ने दुईपाङ्ग्रे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । त्यस्तै ठुलो आवाज निकाल्ने ७ वटा मोटरसाइकलका चालक पनि कारबाहीमा परेका छन् ।
स्पष्ट रुपमा देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडि र पछाडि राख्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले अनुरोध गरे । तोकिए बमोजिमको नम्बर प्लेट दुरुस्त नभएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असोज २०७९, १९ : ५१
लेखकबाट थप