काठमाडौं । अर्थविद् डा स्वर्णिम वाग्लेले युवा पुस्ताले मुलुकको नेतृत्व गरेपनि नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसक्ने बताएका छन ।
उनले नेपाल सिंगापुर र स्वीट्जरल्याण्ड बन्न नसके पनि प्रतिव्यक्ति आयको हिसावले श्रीलंकाको अवस्थामा पु¥याउन सकिने बताए । नेपालमा अबको तीनरचार वर्षमा पञ्चायत र राजतन्त्र फाल्नुपर्छ भनेर आन्दोलन गर्ने नेतृत्व बिस्थापित भइ युवा पुस्ताले नेतृत्व पाउने उनको विश्वास छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरूले लिने अतिरिक्त सुविधाले समस्या आएको बताए । गोल्छाले पछिल्लो समय अर्थतन्त्र संकटमा रहेको अवस्थामा समेत संकटलाई बैंकले अवसरको रूपमा लिएको दावी गरे। उनले राष्ट्र बैंकको मौद्रिक नीतिले नै बैंकको ब्याजदर बढ्दा समस्या उत्पन्न भएको तर्क गरे।
बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले प्रविधिको विकासलाई हेरेर अब क्रिप्टोकरेन्सीलाई खुल्ला गर्नुपर्ने बताए । प्रविधिको विकास तीव्र गतिमा अगाडि बढेकाले नेपालले क्रिप्टोकरेन्सीलाई रोक्न नसक्ने भन्दै उनले सरकारले सोच्नुपर्ने अवस्था आएको बताए ।अध्यक्ष गोल्यानले कृषि र कृषि प्रशोधनमा ठूलो सम्भावना भएपनि तत्काल अपेक्षा गरेजस्तो प्रतिफल नआउने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असोज २०७९, १९ : ३२
लेखकबाट थप