काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३, बिन्हीस्थित हुलाकी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोही मोटरसाइकलमा पछाडि सवार व्यक्ति घाइते भएका छन् ।
स्थानीय २३ वर्षीय रामनारायण ठाकुरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा धनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
घाइते भएका मोटरसाइकलमा पछाडि सवार स्थानीय २० वर्षीय साजिद रमानीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।
हिजो साँझ करिब ५ बजे ज११प ७५८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकछेउमा रहेको पोलमा ठोक्किएको प्रहरीचौकी जिरोमाइलले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ असोज २०७९, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु