कोरोना अपडेट : थप ४४ जनामा संक्रमण, २९ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

मंगलबार, २५ असोज २०७९, १६ : २७
कोरोना अपडेट : थप ४४ जनामा संक्रमण, २९ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलकभर ४४ जना कोरोना संक्रमित थपिएका छन् । २२ सय २२ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो ।

५७९ जनामा गरिएको पीसीआर परीक्षणमा ३५ र १६ सय ४३ जनामा गरिएको एन्टीजेन परीक्षणमा नौ जनामा कोरोना देखिएको हो । सो अवधिमा कोरोना संक्रमणबाट २९ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मुलुकभर ५७५ जना कोरोनाका सक्रिय संक्रमित छन् ।