काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएसँगै महोत्तरीमा राजनीतिक चहलपहल ह्वात्तै बढेको छ । आइतवार दल र स्वतन्त्र उम्मेदवारले मनोनयनयनपत्र दर्ता गराएसँगै यहाँको राजनीतिक माहोल तताएको हो ।
जिल्लामा विभिन्न दलका उपल्लो तहका नेताको उम्मेदवारीले राजनीतिक माहोललाई झनै तताएको छ । महोत्तरी–३ मा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र जसपा हरिनारायण यादव, महोत्तरी–१ मा नेकपा ९माओवादी केन्द्र०का गिरिराजमणि पोखरेल, महोत्तरी–२ मा शरतसिंह भण्डारी, महोत्तरी–४ मा जसपा डा सुरेन्द्रकुमार यादव र नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्रकुमार रायले प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयनपत्र दर्ता गराएका छन् ।
त्यसैगरी नेकपा ९एमाले०का रामदयाल मण्डल र सरोज यादवले क्रमशः महोत्तरी–३ ‘ख’ र महोत्तरी–४ ‘क’ बाट प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।जिल्लाका चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्रमा गरी जम्मा दुई सय ३६ जनाको उम्मेदवारी दर्ता भएको छ । तीमध्ये महोत्तरी–१ प्रतिनिधिसभातर्फ १६ र दुईवटा प्रदेशसभातर्फ ३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
महोत्तरी–१ ९क० मा १६ र महोत्तरी–१ ९ख० मा २३ जना प्रदेशसभाका उम्मेदवार दर्ता भएका निर्वाचन अधिकृतको कार्यालय महोत्तरी–१ बर्दिबासले जनाएको छ ।यसैगरी महोत्तरी–२ मा प्रतिनिधिसभातर्फ १७ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेशसभातर्फ महोत्तरी–२ क मा २० र ख मा २१ जनाको दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय महोत्तरी–२ बलवाका निर्वाचन अधिकृत अरुण झाले जानकारी दिए ।
त्यस्तै महोत्तरी–३ मा प्रतिनिधिसभातर्फ २१ जना र प्रदेशसभातर्फ क मा १३ र ख मा २८ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताए । महोत्तरी–४ का लागि प्रतिनिधिसभातर्फ १५ र प्रदेशसभातर्फ क मा २६ र ख मा २० जनाको उम्मेदवारी दर्ता भएको सो क्षेत्रका निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिए ।
आसन्न निर्वाचनका लागि राजनीतिक दलतर्फबाट सत्तारुढ गठबन्धन र लोसपाबीच एवं एमाले र जसपा नेपालबीच तालमेल देखिएको छ । यसका अतिरिक्त जनमत पार्टी, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । जिल्लाका सबै क्षेत्रमा स्वतन्त्र उम्मेदवारको उल्लेख्य सङ्ख्या देखिएको छ ।
निर्वाचनसम्बन्धी महत्वपूर्ण पाटो उम्मेदवारी दर्ता सम्पन्न भएपछि सर्वसाधारण जितहारको अड्कलबाजी गर्दै भेटिन्छन् । यता दलहरु आ–आफ्ना समीकरणका दलहरूबीच मतदानसम्म सहमतिअनुसार अघि बढ्नुपर्ने प्रतिबद्धतासाथ चुनावी प्रतिस्पर्धा कलाका विभिन्न आयामबारे सघन छलफलमा जुटेका छन् ।आउने मङ्सिर–४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा यसपटक तीन लाख ९७ हजार ३० मतदाता कायम भएका छन् ।
जसमध्ये पुरुष दुई लाख १५ हजार एक सय ३१, महिला एक लाख ८१ हजार आठ सय ९८ र अन्य ९तेस्रोलिङ्गी० मा एक मतदाता दर्ता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्रगतरूपमा सबैभन्दा बढी मतदाता जिल्ला सदरमुकामसमेत रहेको क्षेत्र नं ३ मा ९९ हजार नौ सय ३०, क्षेत्र नं २ मा ९९ हजार सात सय सात, क्षेत्र नं ४ मा ९८ हजार आठ सय ९६ र क्षेत्र नं १ मा ९८ हजार चार सय ९७ जना कायम रहेका कार्यालयले जनाएको छ ।
जिल्लाका चारवटै प्रतिनिधिसभा क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर तालिकाअनुसारका गतिविधि अघि बढेका छन् । चुनावलक्षित सुरक्षा योजना र आवश्यक तयारी भइरहेको जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपक पहाडीको भनाइ छ । आसन्न निर्वाचनका लागि नेपाल प्रहरीका एक हजार पाँच सय र म्यादी प्रहरीका दुई हजार आठ सयलाई खटाइसकिएको प्रजिअ पहाडीले बताए । यसका अतिरिक्त आवश्यकताअनुसार नेपाली सेना र सशस्त्र प्रहरी परिचालित गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २४ असोज २०७९, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन १३ दिन बाँकी : आयोगले दियो टिकटक बनाएर ५० हजार जित्ने अवसर
निर्वाचन १४ दिन बाँकीः अस्थायी मतदाता नामावली कार्यविधि जारी
निर्वाचन १५ दिन बाँकीः प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम