इलाम। इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मनोनयन दर्ता गराएका छन् । खनालको अनुपस्थितिमा एकीकृत समाजवादीका प्रतिनिधि दीपक पौडेलले मनोनयन दर्ता गराएका हुन् ।
त्यस्तै सोही क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट जिल्ला अध्यक्ष महेश बस्नेतले मनोनयन गर्दा गराएका छन् । सोही क्षेत्रमा स्वतन्त्रको तर्फबाट विक्रम पाण्डेले समेत मनोनयन दर्ता गराएका छन् ।
प्रदेशसभातर्फ गठबन्धनको तर्फबाट (क) मा खिनु लङ्वाले मनोनयन दर्ता गराएका छन् । एकीकृत समाजवादीबाट उनले दोस्रो कार्यकालका लागि मनोनयन दर्ता गराएका हुन् । त्यस्तै (ख) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रदेशसभा सभापति शम्शेर राईले मनोनयन दर्ता गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल