काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । भट्टराईले आइतबार नेकपा (एमाले)का तर्फबाट ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराएको जानकारी गराउँदै भट्टराईले ताप्लेजुङ्का सम्पूर्ण मतदाताहरुमा सूर्य चिन्हमा मतदानका लागि अनुरोध पनि गरेका छन् । साथै उनले देश तथा बिदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईमा आवश्यक सहयोग र ऐक्यबद्धताको अपेक्षासमेत गरेका छन् ।
यसका साथै ताप्लेजुङ जिल्लाको प्रदेश सभा सदस्य (क)मा एमाले नेता तिलकुमार मेन्याङबो र प्रदेश सभा (ख) मा एमालेका गोपाल थोप्राले मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, ०६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई
पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई
जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई
झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा