काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । भट्टराईले आइतबार नेकपा (एमाले)का तर्फबाट ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराएको जानकारी गराउँदै भट्टराईले ताप्लेजुङ्का सम्पूर्ण मतदाताहरुमा सूर्य चिन्हमा मतदानका लागि अनुरोध पनि गरेका छन् । साथै उनले देश तथा बिदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईमा आवश्यक सहयोग र ऐक्यबद्धताको अपेक्षासमेत गरेका छन् ।
यसका साथै ताप्लेजुङ जिल्लाको प्रदेश सभा सदस्य (क)मा एमाले नेता तिलकुमार मेन्याङबो र प्रदेश सभा (ख) मा एमालेका गोपाल थोप्राले मनोनयन दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, ०६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म अन्तिम मतदाता ! : योगेश भट्टराई
हाम्रो उम्मेदवारी व्यक्तिगत हुन्छ, प्यानल बनाउँदैनौँ’ : योगेश भट्टराई
परिस्थितिले हामी सबैको विवेकको परीक्षा लिइरहेको छ : योगेश भट्टराई
गम्भीर भएर विचार गर्न पार्टी अध्यक्षलाई निवेदन गर्छु : योगेश भट्टराई
ओलीले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई
राजनीतिलाई रोक्न खोजे वितण्डा निम्तिन सक्छ : योगेश भट्टराई