काठमाडौैं । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गोरखा–२ मा उम्मेदवारी दिनका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।
उम्मेदवारी मनोनयनका लागि प्रचण्डको साथमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि गोरखा गएका छन् । यसअघि डा.भट्टराईले चुनाव जितेको क्षेत्र गोरखा–२ बाट प्रचण्डले चुनावमा प्रतिष्पर्धा गर्न लागेका हुन् ।
उनको उम्मेदवारी मनोनयनका लागि डा. भट्टराई प्रस्तावक रहनेछन् । गोरखा जानुअघि प्रचण्ड र भट्टराईले बाबुरामका बुवासँग आशीर्वाद लिएको डा. भट्टराईले ट्वीट गर्दै जानकारी दिएका छन् ।
उनले जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाँ अध्याय थालनी गरिएको समेत जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग