काठमाडौैं । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गोरखा–२ मा उम्मेदवारी दिनका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।
उम्मेदवारी मनोनयनका लागि प्रचण्डको साथमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि गोरखा गएका छन् । यसअघि डा.भट्टराईले चुनाव जितेको क्षेत्र गोरखा–२ बाट प्रचण्डले चुनावमा प्रतिष्पर्धा गर्न लागेका हुन् ।
उनको उम्मेदवारी मनोनयनका लागि डा. भट्टराई प्रस्तावक रहनेछन् । गोरखा जानुअघि प्रचण्ड र भट्टराईले बाबुरामका बुवासँग आशीर्वाद लिएको डा. भट्टराईले ट्वीट गर्दै जानकारी दिएका छन् ।
उनले जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाँ अध्याय थालनी गरिएको समेत जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’