मोरङ–२ मा सुजाताले पाइन् टिकट, मिनेन्द्रले पाएनन्

सफल खबर संवाददाता

आइतबार, २३ असोज २०७९, ०८ : ५४
मोरङ–२ मा सुजाताले पाइन् टिकट, मिनेन्द्रले पाएनन्

काठमाडौं । नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर–२ मा सुजाता कोइरालालाई उमेदवार बनाउने निर्णय गरेको छ । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले मोरङ क्षेत्र नम्बर–२ मा सुजातालाई उमेदवार बनाएको हो । 

उक्त क्षेत्रबाट डा. मिनेन्द्र रिजाल पनि टिकटका आकांक्षी थिए । तर, उनलाई नदिएर सुजातालाई टिकट दिइएको हो । स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले यसअघि नै सुजातालाई बोलाएर निर्वाचनको तयारी गर्न भनेका थिए । 

लामो समय देउवा समूहमा रहेका मिनेन्द्र पछिल्लो समय उक्त समूहमा छैनन् । 

प्रतिक्रिया दिनुहोस