काठमाडौं । हाल नेपालमा मध्यपश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शनिबार बिहानैदेखि प्रदेश १ , बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
यस्तै दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जनर चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।
यस्तै राति कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असोज २०७९, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना