रसुवा । हिमाली पदयात्राका क्रममा बिरामी परेका पर्यटकलाई हवाई उद्धार गरिएको छ । लाङ्टाङ पदयात्रा सम्पन्न गरी गोसाइँकुण्ड जाने क्रममा लडेर घाइते भएकी इजरायली नागरिक ५८ वर्षीय इफ्रात रोजेन्सट्रिक केलिभास्किको आज उद्धार गरिएको हो ।
डाइनेष्टी एयरको हेलिकाेप्टरले धुञ्चेबाट उद्धार गरी काठमाडौँ पुर्याइएको उक्त एयरले जनाएको छ । रसुवा अस्पताल धुञ्चेका अनुसार पैदल यात्राका क्रममा बाटोमा लडेकी ती पर्यटकको नारीमा ठक्कर लागेको जनाइएको छ ।
रसुवाको गोसाइँकुण्ड र लाङ्टाङ हिमाली पदयात्रामा जाने पर्यटक बिरामी परी अत्तालिएको अवस्थामा हेलिकप्टरहरूले उद्धार गर्ने गरेको पर्यटन व्यवसायी निसान गजुरेलले जानकारी दिए । पर्यटकको आगमन समय सुरु भइसकेका कारण हिमाली क्षेत्र रसुवाको गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रका पदमार्गमा रौनकता बढिसकेको पर्यटन व्यवसायीले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ असोज २०७९, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकले ढोरपाटनका होटल भरिभराउ
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
सौराहामा पर्यटकको आगमन उत्साहजनक : व्यवसायी
६ महिनामा २६ सय बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो
एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए