नक्कली नोटसहित पक्राउ

सफल खबर संवाददाता

आइतबार, १६ असोज २०७९, १६ : ४८
नक्कली नोटसहित पक्राउ

सिरहा । नरहा गाउँपालिका-४ स्थितबाट १ हजार दरको ३१ थान नक्कली नेपाली नोट सहित भारत सितामरही भारसर चोक बस्ने २१ वर्षीय मो. रेजाउल्लाहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस