कोरोना अपडेट : थप ६३ जनामा संक्रमण पुष्टि, १०३ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

शुक्रबार, १४ असोज २०७९, १५ : ३९
कोरोना अपडेट : थप ६३ जनामा संक्रमण पुष्टि, १०३ जना संक्रमणमुक्त

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५३५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ सय ४१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३० जना र १ हजार ५९४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१ हजार ७९७ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या १ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार ४ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भने भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८६ हजार ७२० पुगेका छन् ।