मंगलपुर साकोसको १५ औं वार्षिक साधारणसभा सम्पन्न

सफल खबर संवाददाता

विहीबार, १३ असोज २०७९, १६ : २९
मंगलपुर साकोसको १५ औं वार्षिक साधारणसभा सम्पन्न

चितवन । मंगलपुर बचत तथा ॠण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा आज (बिहीबार) मंगलबार सम्पन्न भएको हो ।

साधारण सभामा बोल्दै भरतपुर महानगरका उप-प्रमुख चित्रसेन अधिकारीले बिकास र समृद्धिमा दत्तचित्त भएर लाग्न सबैमा अनुरोध गरे । उप-प्रमुख अधिकारीले महानगरलाई थप उचाईमा पुर्‍याउन सबैको समान दायित्व हुन आउने बताए ।

साधारण सभामा संस्थाका अध्यक्ष बाबुराम परियारले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । भने सचिव योगराज मिश्रलेले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष बिष्णुमाया पाण्डेले आर्थिक बर्ष ०७८/०७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका लेखा समिति संयोजक सुदीप पौडेलले आर्थिक वर्ष २०७८/०७९ को आन्तरिक लेखा समितिबाट प्रस्तुत प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

 

कार्यक्रम भरतपुर १५ का वडा अध्यक्ष श्रीकृष्ण देबकोटा, संस्थाका पूर्वाध्यक्षहरु बद्री चापागाई, इन्द्र बहादुर बस्नेत, क्षेत्रबहादुर सापकोटा, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओलीलगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

कार्यक्रममा संस्थामा योगदान पुर्‍याएको भन्दै विभिन्न व्यक्ति तथा शेयर सदस्यका छोराछोरी मध्ये उत्कृष्ट अंक ल्याइ एसईई पास गर्नेहरुलाई शैक्षिक पुरस्करबाट सम्मानित गरिएको थियो ।

भरतपुर महानगरपालिकाबाट उत्कृष्ट व्यवस्थापक सम्मान २०७८ प्राप्त गर्न सफल उक्त संस्था सुशासन तथा कारोबारको आधारमा समेत सम्मानित भएको थियो ।

प्रतिक्रिया दिनुहोस