काठमाडौं । असोज १३ पाल्पाको रैनादेवी छहरा–४ मा गए राति जिप दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।
बुटवलबाट यात्रु लिएर पाल्पाको जुठा पौवा जाँदै गरेको लु १ ज १४३१ नम्बरको जिप भैरव मावि छहराको निर्माणाधीन भवनमाथि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा डिएसपी वीरेन्द्र थापाले दुर्घटनामा स्थानीय हिरा पुन, कृष्ण बहादुर राई, दीपक पुन, छविलाल रास्कोटी घाइते भएको बताए । जिपमा १० जना यात्रु रहेको थिए ।
घाइतेलाई पाल्पाकै मिसन अस्पताल तानसेनमा उपचारका लागि ल्याएको छ । जिप के कारणले दुर्घटना भयो भन्ने बारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असोज २०७९, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु
बैतडीमा ट्रक दुर्घटना, ४ जना घाइते
बन्दीपुरमा ट्रक पल्टिँदा दुई जना घाइते
देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते