काठमाडौं । साझा विवेकशील पार्टी परित्याग गरेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्र बुधबार राप्रपामा समाहित हुने कार्यक्रम तय भएको जानकारी दिए ।
राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर समूहबीच एकता घोषणा गर्न बुधबार राजधानीमा कार्यक्रम तय भएको उनको भनाइ छ । मिश्रलाई राप्रपाले वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ। वरियता भने हाल राप्रपाका रहेका उपाध्यक्षहरुभन्दा पछाडि हुनेगरी सहमति भएको छ ।
रवीन्द्र मिश्र र राप्रपाबीच लामो समययता एकताका लागि छलफल हुँदै आएको थियो । जुन छलफलले मूतरुप लिएपछि श्रेष्ठले भने, ‘हामी नयाँ खबर सुनाउन आतुर थियौं, अन्ततः सम्भव हुने भयो । राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर समूहका बीच भोलि काठमाडौंमा एकता घोषणा सभा हुनेछ ।’
मिश्रसँगै राजावादी पक्षधर विवेकशीलका नेताहरु राप्रपामा प्रवेश गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ असोज २०७९, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवीन्द्र मिश्र र धवल शमशेर सम्पर्कविहीन, जिम्मा लिने वकिललाई ५० हजार जरिवाना
रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश चुँडाल र श्रेष्ठको इजलासमा
रवीन्द्र मिश्रसहित इजलासमा उपस्थित हुन सर्वोच्चको आदेश
रवीन्द्र मिश्रसहितका आरोपितलाई पुनः म्याद थप गर्न अदालत लगियो
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंविद्ध म्याद थप गर्ने तयारी
रवीन्द्र मिश्र र धवलसहित २० जनालाई १५ दिन हिरासतमा राख्न अनुमति