एजेन्सी । उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराएको अस्वीकार गरेको त्यहाँको एक सरकारी सञ्चारमाध्यमले जनाएको छ । अमेरिकाले युक्रेनमा आक्रमण गर्दा मस्कोले आफ्नो भण्डारणलाई पुनःपूर्ति गर्न प्योङयाङतर्फ फर्किरहेको वासिंगटनले आरोप लगाइरहेका बेला उत्तर कोरियाको भनाइ आएको हो ।
रक्षा मन्त्रालयको जनरल ब्यूरो अफ इक्विपमेन्टका एक अधिकारीले आधिकारिक कोरियाली सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) द्वारा जारी विज्ञप्तिमा भने, ‘हामीले यसअघि रसियामा कहिल्यै हतियार वा गोलाबारुद निर्यात गरेका छैनौं । हामी मस्कोलार्य हतियार निर्यात गर्ने योजना पनि गर्दैनौं । ’
युक्रेनमा आफ्नो युद्धलाई समर्थन गर्न रसियाले कम्युनिष्ट देश उत्तर कोरियाबाट तोपखाना गोला र रकेट खरिद गरिरहेको सेप्टेम्बरको सुरुमा ह्वाइट हाउसले दाबी गरेको थियो । रुसले लाखौं राउन्ड रकेट र आर्टिलरी गोलाहरू किनेको हुन सक्ने नेसनल सेक्युरिटी काउन्सिलका प्रवक्ता जोन किर्बीले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०६ असोज २०७९, ०९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाको चेतावनीः अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यासले ‘महँगो मूल्य’ चुकाउनु पर्छ
उत्तर कोरियाले योनप्योङ टापुतर्फ २०० राउण्ड फायर गरेपछि...
उत्तर कोरियाले सन् २०२४ मा थप तीनवटा जासुसी उपग्रह प्रक्षेपण गर्ने
उत्तर कोरिया अब विश्वलाई प्रहार गर्नसक्ने सैन्य क्षमताले सुसज्जित छ : किम
उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा जी–७ ले गर्यो निन्दा
नेपालस्थित दूतावास बन्द गर्ने उत्तर कोरियाको निर्णय