काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विरुद्ध अदालत जाने बताएका छन् । प्रचण्ड निवास खुमलटारमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले सर्वोच्च अदालतमा जान अधिवक्ताहरूसँग परामर्श भइरहेको बताए । संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएकाले अधिवक्ताहरूसँग परामर्श भइरहेको प्रचण्डले बताए ।
‘हिजो राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने नागरिकता विधेयक गर्नैपर्ने थियो । रातको १२ बजेसम्म संविधानको व्यवस्थाअनुसार रोक्ने राष्ट्रपतिलाई रोक्ने अधिकार र छुट छैन । जसरी पनि प्रमाणीकरण गर्नै पर्ने थियो’ प्रचण्डले भने, ‘उहाँ (राष्ट्रपति) ले जर्बजस्ती संविधान मिचेर प्रमाणित नगर्ने काम गर्नुभयो । त्यहीँ विषयमा गठबन्धनमा छलफल गर्यौं ।’ राष्ट्रपतिको कदम सिंगो परिवर्तनविरुद्व भएको प्रचण्डले बताए । ‘राष्ट्रपतिको कदम संविधानका विरुद्ध छ, लोकतन्त्रका विरुद्ध छ, गणतन्त्रका विरुद्ध छ र समावेशी समानुपातिक विरुद्ध छ’ प्रचण्डले भने- ‘यो देशका उत्पीडित क्षेत्र वर्ग र समुदायको हक अधिकारका विरुद्ध छ ।’
राष्ट्रपतिको कदमविरुद्ध आजैदेखि युवा विद्यार्थीहरु सडकमा आन्दोलित भइसकेकाले अब संघर्ष नरोकिने प्रचण्डले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असोज २०७९, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनताबाट फ्याँकिएका मान्छेले चुनावबारे भ्रम छर्दैछन्: प्रचण्ड
‘प्रचण्ड’ र महावीरलाई मतदाताद्वारा ‘चुनाव खर्च’ सहयोग
निर्वाचन क्षेत्रमा प्रचण्डको १५० घण्टा
प्रचण्डको सिस्नेमा मर्निङ वाक : सहिदका प्रतिमामा माल्यार्पण र स्थानीयको घरमा खाजा
प्रचण्ड : ‘टुरिष्ट’ होइन, ‘कर्मभूमि’ का उम्मेदवार
चुनबाङ पुगेर प्रचण्डले भने- यही बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइन्थ्यो