काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे प्रधानमन्त्री शेरबहाखुर देउवाले कानुनविद्हरुसँग परामर्श गर्ने भएका छन् ।त्यसका लागि प्रधानमन्त्री निवास वालुवाटारमा दिउँसो साढे ३ बजे कानुनविदहरूलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
उनका अनुसार १५र२० जना कानुन विद्हरुको प्रधानमन्त्री देउवाले छलफल गरी सुझाव लिने छन् ।यसअघि सत्तारुढ गठबन्धनमा रहेका चार राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असोज २०७९, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
राष्ट्रपतिले आह्वान गरे संसद्का दुवै सदनको अधिवेशन
राष्ट्रपतिको ‘सेफल्यान्डिङ’ रोडम्याप !