काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे प्रधानमन्त्री शेरबहाखुर देउवाले कानुनविद्हरुसँग परामर्श गर्ने भएका छन् ।त्यसका लागि प्रधानमन्त्री निवास वालुवाटारमा दिउँसो साढे ३ बजे कानुनविदहरूलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
उनका अनुसार १५र२० जना कानुन विद्हरुको प्रधानमन्त्री देउवाले छलफल गरी सुझाव लिने छन् ।यसअघि सत्तारुढ गठबन्धनमा रहेका चार राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असोज २०७९, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्रेरणाका पुञ्ज हुन्: राष्ट्रपति पौडेल
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने राष्ट्रपतिकाे विश्वास
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
राष्ट्रपतिबाट निर्वाचन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिका विज्ञ राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस