कपिल शर्माको नयाँ फिल्मको ट्रेलर सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, ०४ असोज २०७९, १२ : ५४
कपिल शर्माको नयाँ फिल्मको ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय चर्चित कमेडियन एवं अभिनेता कपिल शर्माको नयाँ फिल्म ‘ज्विगाटो’ को ट्रेलर सार्वजनिक भएको छ । हालै आयोजित टोरन्टो फेस्टिभलमा फिल्मको ट्रेलर विश्व प्रिमियर देखाइएको थियो । फिल्ममा मुख्य भूमिकामा रहेका कपिल ज्विगाटो नामक खानेकुरा कम्पनीका डेलिभरी ब्वाईको भूमिकामा देखिएका छन् ।

फिल्मको १ मिनेट ३९ सेकेण्ड लामो ट्रेलरमा डेलिभरी ब्वाईको दुःख, गरिबी र समस्या देखाइएको छ । डेलिभरी गर्ने एक व्यक्तिको कामले अरूको पेट भरेर सन्तुष्टि दिलाए पनि यो भागदौडमा उसको निजी जीन्दगीको सन्तुलन बिग्रिएको कथा फिल्ममा समावेस गरएको छ ।

फिल्ममा कपिलले आफ्नो गम्भीर अभिनयबाट सबैको मन जित्न सक्ने अनुमान गर्न सकिन्छ । फिल्मको ट्रेलर हेरेर उनका फ्यानहरूले उनको अभिनयको तारिफ गरिरहेका छन् ।

नन्दिता दासको निर्देशनमा बनेको यस फिल्ममा कपिलका अलावा अभिनेत्री शाहना गोस्वामी मुख्य भूमिकामा देखिने छिन् ।

 

प्रतिक्रिया दिनुहोस